काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा रमेश श्रेष्ठ चयन भएका छन् ।
महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन र चौथो वार्षिक साधारण सभा यही वैशाख १९ र २० गते नवलपुरको गैँडाकोटमा सम्पन्न भएको थियो । सोही महाधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
महाधिवेशनमा देशभरका प्रतिनिधिहरू सहभागी भएका थिए। महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
केन्द्रीय सदस्य पदमा भारी मतले निर्वाचित श्रेष्ठ ज्ञानचक्षु स्कुलका अध्यक्ष हुन् ।
महासंघको अध्यक्षमा खिम नारायण पराजुली निर्वाचित बनेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।