शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रेनुका श्रेष्ठ सहित यी व्यक्तिहरू नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत


  • शुक्रबार, फाल्गुन १ २०८२
2.9K
SHARES

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा विभिन्न पेसा व्यवसायका क्षेत्रमा सक्रिय ७० भन्दा बढी व्यक्तिहरू प्रवेश गरेका छन्।

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, वकिल सबिना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक जीवन हमाललगायत दर्जनौँ व्यक्तिहरू नेकपामा आबद्ध भएका छन् ।

संयोजक प्रचण्डले पार्टी प्रवेश गरेका सबैलाई बधाई दिँदै पार्टीभित्र उनीहरूको क्षमता र योगदानअनुसार उचित जिम्मेवारी प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे। उनले नयाँ ऊर्जा र अनुभवले पार्टीलाई थप सशक्त बनाउने विश्वास समेत व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी रेनुका श्रेष्ठले नेपालमा एउटै मात्र कम्युनिष्ट केन्द्र हुनुपर्ने निष्कर्षका साथ नेकपामा प्रवेश गरेको बताइन । उनले अब काठमाडौँ ५ बाट कल्पना शर्मालाई विजयी बनाउन दिनरात मेहनत गर्ने प्रतिबद्धता जनाइन ।

काठमाडौँ ५ बाट नेकपाका उम्मेदवार कल्पना शर्माले आफ्नो जीवन जनताको सेवामा समर्पित रहेको बताउँदै सधैँ जनताको सुख दुःखको पक्षमा आवाज उठाउँदै आएको र आगामी दिनमा पनि निरन्तर सेवामा लागिरहने प्रतिबद्धता जनाइन्। उनले यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानको संरक्षण, बाटोघाटोको समस्या र सुकुम्वासी समस्या समाधानका लागि संसद्मा गम्भीरतापूर्वक उठाउने बताइन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा