शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

जुगलले गर्यो विद्यार्थीहरूको लागि म्याराथन प्रतियोगिता, बन्यो यस्तो भव्य (तस्बिरसहित)


  • बिहिबार, माघ ८ २०८२
13.4K
SHARES

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा रहेको जुगल नवगुरुकुल स्कुलले म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । आज बिहान जुगलमै अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराउँदै ३ किलोमिटर म्याराथन प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिता सिनियर र जुनियर दुवै तहका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो ।

प्रतियोगितामा सिनियर छात्रतर्फबाट कक्षा ११ का विवेक राई, कक्षा १२ का संविधान राई र कक्षा ११ का गौरव सुवेदी विजयी भएका छन् ।

सिनियर छात्रातर्फ कक्षा ११ की बविना बखाती, कक्षा ११ की बिनिशा रसाईली, कक्षा ११ की अनिता हायु र कक्षा १० की सिम्रन थापा विजयी भएकी छिन् ।

जुनियर छात्रतर्फ कक्षा ८ का सिमोल सापकोटा, कक्षा ७ का अलिस कार्की र कक्षा ७ का महेश खड्का विजयी भएका छन् ।

जुनियर छात्रातर्फ कक्षा ९ की सम्भाविका जिसी, कक्षा ८ की आराधना रायमाझी र कक्षा ९ की सभ्यता रायमाझी विजयी भएकी छिन् ।

विजयी विद्यार्थीहरूलाई सरस्वती पूजाको अवसरमा शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गरेरै पुरस्कृत गरिने स्कुलको फाउण्डर प्रिन्सिपल रूपक लामिछानेले बताउनु भयो ।

हरेक वर्ष खेलकुद महोत्सवको रूपमा जुगलले खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्दै आएको छ । दर्जनौँ विधामा गरिने उक्त खेलकुद प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई भोली नै पुरस्कृत हुनेछन् । प्रिन्सिपल लामिछाने भन्नुहुन्छ, विद्यार्थीहरूको चौतर्फी विकासमा समर्पित जुगल नवगुरुकुलमा सुविधा सम्पन्न खेलकुद पूर्वाधारहरू रहेका छन् । आफ्नै फुटसल ग्राउन्डदेखि बास्केटबल ग्राउन्ड, खुल्ला स्थान रहेको छ । सो कारण पनि विद्यार्थीहरू खेलकुदमा बढिभन्दा बढी सहभागी हुने गर्दछन् । जसको परिणाम विभिन्न अन्तर विद्यालय प्रतियोगितामा विजयी भएरै आएका हुन्छन् ।

यस्तै भोली नै सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम राखिएको छ । सोही अवसरमा प्ले ग्रुपदेखि युकेजीसम्मका लागि निःशुल्क भर्ना गरिनेछ । यस्तै, कक्षा १ देखि कक्षा ८ सम्म नयाँ भर्ना गर्न चाहनु हुन्छ भने विशेषको व्यवस्था रहेको स्कुल प्रशासनले जनाएको छ ।

तस्विरः जुगल नवगुरुकुल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा