शनिबार, भाद्र २७ २०८३
ताजा अपडेट

पार्टी क्रिटिकल अवस्थामा पुग्यो : विजय गच्छदार


  • मंगलबार, पुष २९ २०८२
3.2K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेसका नेता विजय गच्छदारले पार्टी गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्। उनले पार्टीभित्र पनि यो अवस्था महसुस भइरहेको उल्लेख गर्दै आफूले विगतमा पार्टी विभाजन भोगेको र बुझेको अनुभव रहेको बताए।

‘पार्टी क्रिटिकल अवस्थामा गएको छ। भित्र पनि महसुस छ। म पार्टी विभाजन भोगेको बुझेको छु,’ पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग गच्छदारले भने।

उनले देश संकटमा पुगेको बेला कांग्रेसको अहम भूमिका रहेको उल्लेख गर्दै अहिलेको अवस्था संकटको सामना गर्नुपर्ने परिस्थिति भएको बताए। ‘देश संकटमा पुगेको बेलामा कांग्रेसको अहम भूमिका छ। यो संकटको सामना गर्ने परिस्थितिमा कांग्रेसमा विभाजन हुनहुन्न,’ उनले भने।

गच्छदारले आफू दुवै पक्षसँग कुरा गर्ने भूमिका खेलिरहेको स्पष्ट पारे। ‘दुवै पक्षसँग कुरा गर्ने भूमिका खेलिरहेको छु,’उनले भने।

विशेष महाधिवेशनको उनले आफू त्यसको विरोधी नभएको बताए। ‘म कुनै पनि विशेष अधिवेशनको विरोधी पनि होइन । कात्तिक २६ मा मैले हुनुपर्छ भनेर राखेको हो’ उनको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा