काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा पुगेर जेन जी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भई उपचार भइरहेको घाइतेहरुलाई उनले भेटेका हुन् ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्की घाइतेहरुलाई अस्पताल पुगेर भेटेकी थिइन् ।
त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले घाइते प्रहरीहरुलाई भेटेका थिए । सोमबार नियुक्त भएका सञ्चारमन्त्री खरेलले आज घाइतेहरुसँग भेटेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।