शनिबार, भाद्र २७ २०८३
ताजा अपडेट

स्थायी कमिटी बैठकअघि प्रचण्डले बोलाए पदाधिकारी बैठक


  • बुधबार, साउन १४ २०८२
4K
SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आज ४ बजे बस्नेगरी बैठक बोलाएको प्रचण्ड सचिवालयले जनाएको छ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीभित्रको किचलो, १६ गतेबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल हुने जनाइएको छ।

बैठकमा पार्टीले चलाएको दुई अभियानको पनि समीक्षा हुनेछ। स्थायी कमिटी बैठकलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने माओवादीको तयारी छ। पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी फेरि सतहमा आएको छ।

शर्माले माथिबाटै पार्टी फुट्दैछ भन्ने प्रचार गराइएको भन्दै गएको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार विशेष महाधिवेशनमा जान प्रस्ताव अघि सारेका छन्। बैठकमा पार्टीभित्र देखिएको असमझदारीबारे आगामी महाधिवेशनसम्मको विषयमा छलफल हुने सचिव राम कार्कीले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा