काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।
५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो ।
२०७४ साल असारबाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिष्ट्रार राख्ने अभ्यास छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।