शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा


  • सोमबार, साउन १२ २०८२
3.2K
SHARES

फाइल तस्विर

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको छ । पछिल्लो १२ घण्टामा मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका धेरै स्थानमा पानी परिरहेको छ ।

सुक्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पनि पर्याप्त पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागको विवरण अनुसार पछिल्लो १२ घण्टामा सप्तरी जिल्लाको रुपनी वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । सिरहामा, सर्लाही, बारा र रौतहट जिल्लामा भने हल्का मात्र वर्षा भएको छ ।

आगामी दिनमा मधेश प्रदेशमा वर्षाको मात्रा बढेर मध्यमसम्म पुग्नसक्ने पूर्वानुमान छ । तर धान रोप्नका लागि पनि त्यो पर्याप्त नहुने अनुमान छ ।

आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा