नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद ३५ दिनलाई थप गरिएको बताएका छन् । बुधबारको सञ्चालक समितिले म्याद थप गर्ने निर्णय गरेको हो ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले समितिले निर्णय गरेपछि बक्यौता उठाइने बताए । बक्यौता उठ्न नसके लाइन काटिने शाक्यले प्रष्ट्याए । समितिलाई यसअघि दिइएको ३५ दिनको समय साउन ३ गते सकिएको थियो । तर, तोकिएको समयमा काम नभएपछि म्याद थपिएको हो ।
सञ्चालक समिति सदस्य तथा पुनरावलोकन समितिका अध्यक्ष श्यामकिशोर यादव छन् । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता २४ अर्बभन्दा बढी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।