शनिबार, साउन ९ २०८३
ताजा अपडेट

यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेका ८ बुँदे प्रस्ताव (पूर्णपाठ)


  • बुधबार, साउन ७ २०८२
3K
SHARES

नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।

मंगलबार मध्यरातमा बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिनु भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनले बताए ।

गौतमका अनुसार अब एमालेको पार्टी सदस्यता दुई तहको हुने भएको छ । जसमा पार्टी सदस्यता र पार्टीको संगठित सदस्यता हुने छ । यस अघि पनि एमालेको दुई तहको सदस्यता थियो । तर बिचमा त्यसलाई हटाइएको थियो । त्यस्तै पार्टीको जिल्ला कमिटी अहिले जस्तै कार्यकारिणी कमिटी हुने पनि उनले जानकारी दिए ।

पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने प्रस्ताव अघि बढाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सुनाउनुभएको गौतमले जानकारी दिए ।

बैठकमा आएका सुझावलाई समेटेर छलफलका लागि प्रदेश र तलका कमिटीमा पठाइने उनले जानकारी दिए । त्यहाँबाट आएका सुझाव समेतलाई समेटेर विधान महाधिवेशनमा लैजाने सहमति भएको उनले स्पष्ट पारे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा