काठमाडौँ । बुढानीलकण्ठ माओवादी केन्द्रले शनिवार जागरण अभियान गर्ने भएको छ । बिहान ७ बजेदेखि चुनिखेलमा नेवा समुदायमा जागरण अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने भएको हो ।
नेवा: तामाङ उपत्यका जागरण अभियान अन्तर्गत भोली चुनिखेलमा हुने उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश इन्चार्ज हितमान शाक्य हुने जनाइएको छ । कार्यक्रममा नगर अभियान सचिवालय, नगर समिति सदस्यहरू, वडा अभियान सचिवालयहरू, वडा समितिका सदस्यहरू एवं जन वर्गीय सङ्गठन, विशेष नेवा: र तामाङ राष्ट्रिय मुक्ति मोर्चाका सबैलाई अनिवार्य उपस्थितिका लागि अपिल गरिएको छ ।
‘माओवादी केन्द्र प्रति आम नागरिकको आकर्षण बढ्दो रूपमा छ । सोही कुरालाई मध्यनजर गर्दै नगरवासीसँग अन्तरसम्वादमा जोडिन विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छौँ । नगरवासीले उत्साहपूर्वक साथ दिइरहनु भएको छ । आशा छ भोली हुने कार्यक्रममा पनि उत्तिकै साथ पाउनेमा हामी ढुक्क छौँ’, माओवादी केन्द्र बुढानीलकण्ठ नगर कमिटीमा अध्यक्ष भाइनारायण श्रेष्ठले बताउनु भयो । श्रेष्ठ भन्नुहुन्छ – ‘हामी घर घरमा पुगेर आम नागरिकको कुरा सुन्छौँ । समस्या सुन्ने मात्र हैन समाधानको बाटो तर्फ पनि केन्द्रित हुन्छौँ । जसले गर्दा चुनिखेलवासी र हामी बिचको सम्बन्धमा झनै प्रगाढ थपिनेमा विश्वस्त छौँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।