शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चट्याङले एक महिनामा गयो ११ को ज्यान


  • आइतबार, चैत्र ३१ २०८१
5.7K
SHARES

तस्विरः फाइल

काठमाडौं । चट्याङका कारण एक महिनाको अवधिमा ११ जनाको ज्यान गएको छ । २०८१ साल चैत १ गतेदेखि चैत २९ गतेको अवधिमा ५१ वटा चट्याङका घटना हुँदा ११ जनाको मृत्यु र ४१ जना घाइते भएका हुन् ।

यो गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक हो । केन्द्रका अनुसार चट्याङ लागेर खोटाङ, झापा, मोरङ, धनुषा, अर्घाखाँची, रोल्पा, दैलेख, बाजुरा, बझाङ, डोटी र कञ्चनपुरमा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङबाट प्रभावित परिवारको संख्या ६४ छ । आंशिक रुपमा घर क्षतिको संख्या ४ र पूर्ण रुपमा घर क्षतिको संख्या २ छ । ७५पशुचौपायाको क्षति भएको छ । यसरी अनुमानित २४ लाख ४४ हजार रुपैयाँ बराबरको क्षति भएको केन्द्रको विवरणमा उल्लेख छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा