शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्कुस र टाटे सिमीको बढ्यो मूल्य


  • आइतबार, चैत्र ३१ २०८१
9.4K
SHARES

३१ चैत, काठमाडौं । आज केही सागसब्जीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार स्कुस, गाजर, टाटे सिमी, कुरिलो, हरियो खुर्सानी, गोलभेडालगातको भाउ बढेको छ ।

आज स्कुस किलोमै २० रुपैयाँले बढेको छ । शनिबार ३५ रुपैयाँ किलोमा कारोबार भएको स्कुस आज बढेर ५५ पुगेको छ । यो ५७ प्रतिशतले बढेको हो ।

यस्तै, आज टाटे सिमीको मूल्य पनि अत्यधिक बढेको छ । शनिबार किलोको ६५ रुपैयाँ रहेको यो सिमीको मूल्य आज ८५ रुपैयाँ तोकिएको छ ।

हरियो खुर्सानी (माछे) पनि आज धेरै मूल्य बढ्नेमा छ । शनिबार ६५ रुपैयाँ रहेको यो खुर्सानी आज किलोमै ३० रुपैयाँले बढेर ९५ मा कारोबार भएको छ ।

आज कुरिलो किलोको ४३३ बाट बढेर ४६६ रुपैयाँ, गोलभेडा सानो (लोकल) १७ रुपैयाँ ६७ पैसाबाट बढेर २२ रुपैयाँ ६७ पैसा र लोकल गाजार २५ बाट ३५ रुपैयाँ किलोमा कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा