काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बूढानीलकण्ठ नगर समितिको अध्यक्षमा पुनः भाइनारायण श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार सम्पन्न चौथो नगर अधिवेशनबाट श्रेष्ठ नेतृत्वको ५५ सदस्य नयाँ नगर समिति बनेको हो ।
अघिल्लो ३ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका श्रेष्ठले यो पटक सर्व सहमत निर्वाचित भएको जनाइएको छ ।

किराँत चुम्लुङ्ग भवन बूढानीलकण्ठ नगरपालिका वडा ८ को भवनमा सम्पन्न भएको उक्त अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा बनेको नगर समितिको उपाध्यक्ष हेमा अधिकारी, राज प्याकुरेल र पुरुषोत्तम कोइराला निर्वाचित भएका छन् । सचिवमा टिका नगरकोटी, सहसचिवमा दीपक अधिकारी र कोषाध्यक्षमा दामोदर पौड्याल निर्वाचित भएका छन् ।
पूर्व सभामुख एवं बागमती प्रदेशका इन्चार्ज अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त नगर अधिवेशनमा नगर प्रतिनिधि एवं स्थानीय नेता, कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

निर्वाचित भए पश्चात् संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले यो जित सिंगो नगर प्रतिनिधिको जित हो । यसबाट मलाई थप जिम्मेवारी थपिएको महसुस भएको छ । सबैमा धन्यवाद ज्ञापन गर्दछु । श्रेष्ठले थप कुरा जोड्दै भने, ‘पछिल्लो समय काठमाडौँमा पनि पार्टीमा नयाँ युवा पुस्ताहरू समेतको आकर्षण बढेर गएको छ । पार्टीमा जोडिन आइरहनु भएको छ । यसलाई निरन्तरता दिन नगर समिति टिम लाग्नेछ भने पार्टीको सिद्धान्त, सङ्गठन सुदृढीकरण, र आगामी रणनीतिको विषयमा पनि गहन छलफलमा केन्द्रित हुनेछौँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।