शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

छठ पर्वको अवसरमा राष्ट्रपति पौडेलबाट शुभकामना व्यक्त


  • बिहिबार, कार्तिक २२ २०८१
5.5K
SHARES

रामचन्द्र पौडेल । तस्विरः फाइल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आपसी सद्भाव सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनेर कामना गर्नुभएको छ ।

विशेषगरी तराई-मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकाका साथै लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुशीको विषय भएको पनि राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा