काठाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली अनिवार्य अवकाशमा गएका छन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै एआईजी ज्ञवालीलाई बिदाइ गरेका हुन् ।
बिदाई सम्बोधन गर्दै आईजी कुँवरले सेवा निवृत्त हुन लागेका एआईजी ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे ।
कार्यक्रममा ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।
ज्ञवाली ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २६ भदौबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।