शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

कमला नदीमा फसेका तीन जनाको उद्धार


  • बिहिबार, साउन १७ २०८१
6.1K
SHARES

जनकपुर । धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम साफीलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको जानकारी दिनुभयो । आज बिहान दाउरा सङ्कलन गर्न गएको अवस्थामा एक्कासी बाढीको वहाब बढेपछि उनीहरू नदीमा फसेका थिए ।

सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरी र सशस्त्र प्रहरी वेस क्याम्प रघुनाथपुरको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए । उद्धार कार्यमा सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवले समन्वय र सहयोग गरेका थिए ।

बाढीबाट सुरक्षित रहन तथा सतर्क रहनको लागि धनुषा प्रहरीले नदी तटिय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । -रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा