शुक्रबार, भाद्र ५ २०८३
ताजा अपडेट

पाल्पामा ७४ जनामा डेंगु संक्रमण


  • आइतबार, साउन ६ २०८१
6.2K
SHARES

पाल्पा । पाल्पामा यो वर्ष ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाभित्रका ४२ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जना गरी सो संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहहरु र तानसेनस्थित युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि आउने बाहिरी जिल्लाका नागरिकमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पा प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

पाल्पाको हकमा संक्रमितमध्ये सबैभन्दा धेरै तानसेन नगरपालिका र कम संक्रमित तिनाउ गाउँपालिकाका रहेका छन् । यो वर्ष असार महिना लागेपछि सबैभन्दा धेरैमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा