शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा


  • बिहिबार, कार्तिक २१ २०७६
20.4K
SHARES

 काठमाडौं ।

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति समूह ‘बी’ को खेलमा ओलम्पियाकोसलाई २–० गोलअन्तरले पराजित गर्दै बायर्न नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।

खेलको ६९औं मिनेटमा रोबेर्टो लेवान्डोस्की र ८९औं मिनेटमा पेरिसिकले गोल गर्दै बार्यनलाई जित दिलाए ।

बायर्नले ४ खेलबाट सतप्रतिशत जित हात पार्दै प्रिक्वाटरफाइनलको यात्रा तय गरेको हो । शीर्ष स्थानमा रहेको बायर्नको १२ अंक छ ।

बुधबार राति नै भएको यसै समूहको अर्को खेलमा टोटनह्यामले रेड स्टार बेलग्रेडलाई ४–० गोलअन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा सन ह्युङ मिनले दुई गोल गरे । त्यस्तै, जियोभानी लो सेल्सो र क्रिस्टियन इरिकसेनले समान १–१ गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० गोलको जित निकालेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा