शनिबार, भाद्र ६ २०८३
ताजा अपडेट

फेरि फुट्यो वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी


  • मंगलबार, साउन १ २०८१
6.7K
SHARES

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल एकता भएको १६ महिनामै फुटेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट फुटेर गठित नेकपा बहुमत र वैद्य नेतृत्वको पार्टीबीच २०७९ चैतमा एकता भएको थियो । एकता भएको १६ महिनापछि धमेन्द्र बास्तोला कञ्चनले वैद्यसँगको एकता तोडेका हुन् ।

वैद्य नेतृत्वको पार्टीका सह-संयोजकसमेत रहेका कञ्चनले मंगलबार विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका छन् । उनले विज्ञप्तिमार्फत पार्टी विभाजन भएको संकेत गरेका हुन् ।

उनले दुई वर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफूहरूले कैयौं प्रयास गर्दा पनि एकता सफल हुन नसकेको जिकिर गरेका छन् ।

‘एकता आज सफल नभए भोलि सम्भव छ, तर अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रोतर्फबाट भएका कैयौं प्रयत्नका बावजुद हामी सफल हुन सकेनौं । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं’, विज्ञप्तिमा भनिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा