काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल आफू र आफ्ना पार्टीका सांसदहरूबाटै खोल्न सरकारलाई चुनौती दिएका छन्। आज प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन्।
सभापति लामिछानेले भने, ‘भ्रष्टाचारलगायतका फाइल खोल्न रास्वपाबाट सुरु गरोस्, अन्य दलबाट नगरोस् ।’
लामछिानेले सरकारले आफ्ना मान्छे बचाउन र अन्यलाई फसाउन खोजेको गन्ध आएको पनि बताए।
‘आफ्ना मान्छेलाई बचाउन खोज्ने र अन्यलाई फसाउन गर्ने प्रयासको गन्ध आएकोले म ध्यानाकर्षण गराउँछु। सरकारले फाइल खोल्ने हो भने म हुँदै मेरा सांसदहरूको फाइल खोलोस्, तर अर्को फाइल नखोलोस्। किनकी सरकारले फाइल खोल्ने भनेको आफ्ना मान्छे बचाउन रहेछ,’ उनले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।