शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मेघ सुवेदीले गरे भुकम्प पिडितलाई २५ लाख नगद सहयोग


  • बुधबार, मंसिर १३ २०८०
8.6K
SHARES

समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसी सेजल एण्ड सिस्टर टुर्स एण्ड टाभल्सले नेपालको सुदुर पश्चिममा हालै गएको विनाशकारी भूकम्प पिडितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपालको विकट जिल्ला मानिने जाजरकोट र रुकुम पश्चिममा भएको भुकम्पका कारण निधन भएका प्रति व्यक्ति नगद १५ हजारका दरले तथा घाइते परिवारलाई ५ देखि ८ हजारका दरले स्वयं उपस्थिती भई पिडित परिवारहरुलाई हस्तान्तरण गरेका थिए ।

मेघ सुवेदीलाई साथ दिन चर्चित रंग पत्रकार प्रकाश सुवेदी वरिष्ठ चलचित्रकर्मी छविराज ओझा,संस्थाका नेपाल प्रतिनिधी एवं नायक संजित भण्डारी,पत्रकार तथा समाजसेवि राज लुइटेल , निर्माता निर्देशक शंकर घिमिरे, समाजसेवि मोहन थापा, फिल्मि पत्रकार अनुप भटराई , निशा बजगाई , रचना गौतम, पत्रकार कोमल चन्द्र भगवत, कुबेर तमाङ , मोहमद् जालिम , कलाकार समराट थापा तथा बरिष्ट पत्रकार हरिहर सिङ्ग राथोर पुगेका थिए । नगद वितरण कार्यक्रममा भुकम्प पिडित र सत्य तथ्य विवरण उपलव्ध गराउने तथा समन्वयनकारी कार्यका लागि समाजसेवी नर बहादुर कार्कीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

नगद वितरण कार्यक्रममा सहभागी हुने व्यक्तित्वहरुले विदेशी भूमिमा रहेर पनि स्वदेशमा आवश्यक परेको वेला पिडितको आवश्यकता अनुसार सहयोगका लागि तत्कालै नेपाल आई भुकम्प पिडितलाई राहत प्रदान गरेकोमा समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।

व्यक्तिगत रुपमै घाईते र मृतक व्यक्तिलाई यसरी स्वयं उपस्थिती भई उनीहरुको घाउमा मलम लगाउन सात समुन्द्र पारी देखि आएर यसरी सहयोग गरेको देख्दा आफुहरु सुवेदी दम्पती प्रति निकै प्रभावित भएको कुरा वरिष्ठ संचारकर्मी प्रकाश सुवेदीले बताए । यसै गरि निर्माता निर्देशक छविराज ओझाले व्यक्तिगत रुपमै ठुलो रकम यसरी पिडितलाई सहयोग गर्नु सुवेदी दम्पत्तीको महानतादेखि आफु निकै भावुक भएको कुरा सुनाए ।

यसो त सुवेदी दम्पती नेपालमा हुने विभिन्न दैवी प्रकोपमा परेका पिडितहरुको मात्र नभै नियमित रुपमै दुख कष्ट भोगेका जनताको दुःखमा जोडिदै आएका छन । मानव सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै दुखीहरुलाई राहत र उनीहरुका खुसीका लागि निरन्तर लागि पर्दै आएका एक दयालु व्यक्तित्व मात्र नभएर वास्तविक समाजसेवी हुन । उनले कोभिड महामारीको समयमा होस वा बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोप पिडितहरुबाट दुःख पाईरहेको बेलामा सक्दो सहयोग गर्दै आएका छन ।

सुवेदी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन । झापाकै बेल डांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन ।

ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

उनले हालै मात्र पर्सा र नवलपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि २१ लाख भन्दा वढि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची बाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा