शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

लायन्स क्लब एलसिके मिड टाउन र तारकेश्वोर गोल्डेन ड्रिमले गर्यो रक्तदान एवं दन्त परीक्षण कार्यक्रम


  • बुधबार, असोज १७ २०८०
11K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर २, गणेशचोकमा रहेको गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम एवं निःशूल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ । यही असोज १३ गते शनिबारका दिन लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरु लायन्स क्लब अफ काठमाडौं मिड टाउन र लायन्स क्लब अफ तारकेश्वोर गोल्डेन ड्रिमको संयुक्त आयोजना साथै श्री गणेश मा.वि. २०५४ सेरोफेरो, बुद्ध माई फाउन्डेसन, मेट्रो ब्लड बैंक तथा कामना सेवा विकास बैंकको विशेष सहयोगमा बृहत् रक्तदान तथा निःशुल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्र कुमार के.सी, मल्टिपल डिस्ट्रिक्ट ३२५ का लायन्स क्वेस्ट कोअर्डिनेटर मन बहादुर रोका, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, क्याबिनेट सेक्रेटरी महेश पाण्डे, चिफ एड्भाइजर सुर्य कुमार के.सी. लगाएत थुप्रै लायन लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा ५३ पिन्ट रगत संकलन हुनुका साथै २०० जना भन्दा बढी व्यक्तिहरुको निःशुल्क दन्त परिक्षण गरिएको थियो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा