काठमाडौँ । भारतका प्रसिद्ध ट्रेनर राजेश अग्रवालले नेपालमा व्यावसायिक तालिम दिने भएका छन् । शनिवार सोल्टिमोड स्थित हायात प्यालेस होटेलमा उनले ट्रेनिङ्ग दिने भएका हुन् ।
अग्रवाल भोली हुने ट्रेनिङ्गका लागि आज नै नेपाल आइपुगेका छन् । उनको स्वागतका लागि विभिन्न व्यावासायीहरु समेत विमानस्थल पुगेका थिए । शनिवार बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म उनले ट्रेनिङ्ग दिने जनाइएको छ । नेपालका लागि मोटिभेसनल स्पिकर सन्तोष लामाले उक्त कार्यक्रमको संयोजन गरेका छन् । उनले जनाए अनुसार विभिन्न व्याबसायमा आबद्ध १५० जनाले अग्रवालले दिने ट्रेनिङ्गमा सहभागी जनाउने छ ।
कार्यक्रमका तयारी लगभग पुरा भइसकेको जनाइएको छ । जसमा बैङ्क तथा वित्तीय संस्था, व्यावसायिक समूहका व्यक्तिहरूले सहभागिता रहने जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।