शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेसनल युनाइटेड स्कूलले गर्यो एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान (तस्बिरसहित)


  • बिहिबार, साउन ३२ २०८०
20.2K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कुलले एसईई उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार विद्यालयका १४ औं ब्याच २०७९ का माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण ५६ जना विद्यार्थीहरू सम्मानित भएका हुन् । “संस्कार सहितको शिक्षा“ नारा अंगिकार गरेको विद्यालयको हाल कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुद्वारा आफ्ना अग्रजहरुको सम्मानमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।

२०७९ सालको माध्यमिक शिक्षा परिक्षा (एसइई) उत्कृष्ट जीपीए सहित उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहाल, कार्यक्रमका सभापति एवम् विद्यालयका संस्थापक जेबी हमाल, विशेष अतिथि एवम् शिक्षक अभिभावक संघका अध्यक्ष मनोज प्याकुरेल, प्रिन्सिपल शायरा हमाल लगाएतले विद्यार्थीहरुलाई टिका, खादा एवम् मायाँको चिनो सहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा एसइई परिक्षामा ३.९० जीपीए ल्याउन सफल विद्यार्थी कुमार बुढा, ३.८५ जीपीए ल्याउन सफल विद्यार्थीहरू गुन्जन केसी र दिपेशराज गौतमलाई विशेष पुरस्कार सहित सम्मान गरिएको थियो भने कम्प्युटर विज्ञान विषयमा सम्पूर्ण विद्यार्थीहरूले ए प्लस (४.०० जीपीए) ल्याउन सफल भएकोमा विषय शिक्षक श्री अमृत भण्डारीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरेका थिए । आफ्नो विद्यालयका कक्षा ९ र १० भाइबहिनीहरुद्वारा आयोजित सम्मान कार्यक्रममा सम्मानित हुँदा विद्यार्थीहरु प्रफुल्लित देखिन्थे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले आफ्नो विद्यालयकालको स्मरण गर्दै विद्यार्थीहरुलाई बदलिँदो परिस्थितिमा आइपर्ने चुनौतीहरुको सामना गर्दै सफलताको बाटोमा अघि बढ्न शुभकामना दिनुभयो । त्यस्तै विशेष अतिथि मनोज प्याकुरेलले नैतिक मूल्य र मान्यताहरुलाई आत्मसात गरि अनुशासित भएर अघि बढेमा मात्र सफल हुन सकिने कुरामा जोड दिंदै उज्ज्वल भविष्यको शुभकामना दिनुभयो ।

यस्तै, विद्यालयका संस्थापक जेबी हमालले विद्यार्थीहरुलाई विद्यालयमा सिकेको असल संस्कारलाई कायम गरि आफुलाई समाजमा सम्मानित व्यक्तिको रुपमा उभ्याउनको लागि सुझाव दिनुका साथै भविष्यमा उत्कृष्ट शैक्षिक यात्रा तथा सफल सामाजिक व्यक्तित्व निर्माणको लागि शुभकामना दिनुभयो ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा