
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोकेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले उम्मेदवार छनोट गरेको हो।
राप्रपाले प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसैगरी प्रदेशसभा अन्तर्गत दाङ ३ (ख) मा भुपाल रावत र वागलुङ २ (ख) मा गणेश कुँवरलाई टिकट दिने निर्णय गरेको छ।
भक्तपुर १ (क) को हकमा भने छिट्टै उम्मेदवार टुङ्गो लगाइने भएको छ।
रिक्त स्थानीय तहमा उम्मेदवार तय गर्न भने प्रदेश समितिलाई अधिकार दिने निर्णय भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।