शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

उच्च अदालतले जिल्लाको फैसला उल्ट्याएपछि लालबहादुरले पाए सफाइ


  • बुधबार, साउन १७ २०८०
4.8K
SHARES

ठगी तथा बैंकिङ कसुर मुद्दामा विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिकले सफाइ पाएका छन् । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै उनी रिहा हुने भएका छन् ।

इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । मुद्दामा दोषी ठहर्‍याएउने सुनसरी जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्ट्याएको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो ।

जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा हिजो फैसला भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा