२१० औँ भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान, काठमाडौं र रिभेरा इन्टरनेसनल एकेडेमी, चाबहिलको संयुक्त आयोजनामा आज रिभेरा इन्टरनेसनल एकेडेमीमा अन्तर-विद्यालय भानुभक्त आचार्यका कविता कृति वाचन प्रतियोगिता सम्पन्न भयो। भानु प्रतिष्ठानका अध्यक्ष प्रा. डा. ब्रतराज आचार्यको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपती डा. जगमान गुरुङ हुनुहुन्थ्यो।
प्रतियोगितामा २६ वटा सामुदायिक तथा निजी विद्यालयहरूको सहभागीता थियो। सहभागि विद्यालयहरूमा कान्ती भैरव गुरुकुल विद्यालय, न्यु अरुणोदय इङ्लिश स्कुल, बेबिलोन नेसनल स्कुल, एडभान्स इङ्लिश बोर्डिङ स्कुल, नेपाल मेगा स्कुल, रिपुमर्दिनी सैनिक महाविद्यालय, क्याम्ब्रिज पब्लिक हाइ स्कुल, प्रस्फुटन इन्टरनेसनल एकेडेमी, जेभियर इन्टरनेसनल स्कुल, पिस पोइन्ट स्कुल, गोल्डेन पिक स्कुल, महान सिद्धार्थ हाइ स्कुल, जुगल नव गुरुकुल, श्री बाल ब्यबसायी केन्द्र मा. वि., नोबेल एकेडेमी, इलिक्सर एकेडेमी, ज्ञान निकेतन मा. बि., व्हिज किड्स इन्टरनेसनल स्कुल, लाइसियम मोडेल स्कुल, भ्याली भ्यु स्कुल, अरुणिमा मा. वि., शाम्भवी स्कुल, जगत मन्दिर माध्यमिक विद्यालय, प्रेरणा बोर्डिङ हाइ स्कुल, सुर्योदय आवासीय मा. वि. र नन्दी मा. वि. रहेका थिए।
आयोजक स्कुल रिभेराका संगित क्लवका विद्यार्थी भाईवैनिहरूले भानु सम्बन्धी स्वागत गीत मार्फत अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए भने कक्षा १२ कानून संकायकी छात्रा अल्का खतिवडाले उद्दघाटन वाचन गरेकी थिइन् । स्वागत मन्तब्य ब्यक्त गर्दै विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।
उक्त प्रतियोगितामा भ्याली भ्यु स्कुलकी सिरिना शर्माले प्रथम स्थान प्राप्त गरेकी थिइन भने नेपाल मेगा स्कुलकी छात्रा आयुषा लम्सालले दोस्रो, कान्ती भैरव गुरुकुल विद्यालयका छात्र सुमन खनालले तेस्रो तथा क्याम्ब्रिज पब्लिक स्कुलकि छात्रा श्रीनिधी न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेकी थिइन । त्यसैगरी, रिपुमर्दिनी सैनिक महाविद्यालयका छात्रा कञ्चन तामाङ र गोल्डेन पिक स्कुलकी छात्रा सानुमाया बोहोराले बिशेष उत्प्रेरणा पुरस्कार प्राप्त गरेका थिए।

भानु प्रतिष्ठानका महासचिव तथा साहित्यकार डि. पि. अर्याल तथा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी निर्णायक रहनुभएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी डा. जगमान गुरुङले नेपाली भाषा संस्कृतिको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमका सभापति प्रा. डा. ब्रतराज आचार्यले नेपाली भाषाको एकतामा भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै भानुभक्त आदिकवी हुनुको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीले देउडा गीत गाएर उपस्थित महानुभावहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। कार्यक्रममा कवि रिषभदेव घिमिरे, काठमाडौं प्याब्सनकि उपाध्यक्ष रीता राइ दाहाल लगायत माफ विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि डा. जगमान गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

आयोजक स्कुल रिभेराका संगित क्लवका विद्यार्थी भाईवैनिहरूले भानु सम्बन्धी स्वागत गीत मार्फत अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए भने कक्षा १२ कानून संकायकी छात्रा अल्का खतिवडाले उद्दघाटन वाचन गरेकी थिइन् । स्वागत मन्तब्य ब्यक्त गर्दै विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।


कार्यक्रमको अन्त्यमा बोल्दै रिभेरा स्कुलका विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भट्टराईले अतिथिज्यूहरू लगायत सम्पूर्ण सहभागि विद्यार्थी भाइबैनीहरूलाई धन्यवाद ज्ञापन गर्दै भानु प्रतिष्ठान, काठमाडौंलाई सहकार्यका लागि हार्दिक आभार प्रकट गर्नुभएको थियो । उक्त कार्यक्रम आयोजक स्कुल रिभेराका वरिष्ठ नेपाली शिक्षक तथा कार्यक्रम संयोजक रामप्रसाद निरौलाले सञ्चालन गर्नुभएको थियो ।