शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेसनल युनाइटेड स्कुलमा सुशोभन समारोह (तस्बिरसहित)


  • मंगलबार, जेष्ठ २३ २०८०
21K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोक हात्तिगौडामा रहेको नेसनल युनाइटेड स्कुलले यहि जेष्ठ १२ गते सम्पन्न विद्यार्थीहरुको चुनावबाट निर्वाचित स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेन गरि ११ जना विद्यार्थीहरुलाई विद्यालय प्राङ्गणमा आयोजित सुसोभन समारोहमा सुसोभित गरेको छ ।

सामाजिक विषयलाई सहयोग पुग्ने गरी प्रजातन्त्रिक व्यवस्थाको प्रयोगात्मक ज्ञानको लागि स्कुलले अत्यन्त सभ्य र भव्य तरिकाले चुनाव सम्पन्न गरेको थियो ।

सामाजिक विषय शिक्षकले प्रजातान्त्रिक अभ्यासमा हुने निर्वाचन प्रक्रिया, निर्वाचनको कार्यतालिका, मताधिकारको सही सदुपयोग, बदर मतबारे जानकारी, उम्मेरद्वार बिचको स्वच्छ प्रतिस्पर्धाका बारेमा विद्यार्थीहरूलाई प्रयोगात्मक रुपमै जानकारी दिइसकेको हुँदा सम्बन्धित पाठहरू सिकाउनका लागि धेरै सहज हुने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्कुलका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल तथा निर्वाचित विद्यार्थीहरुका अभिभावकहरुले टिका, ब्याज, स्याज र प्रमाणपत्रद्वारा विद्यार्थीहरुलाई सम्मान गर्नुभएको थियो । संस्थापक हमालले निर्वाचित एवम् मनोनित विद्यार्थीहरुलाई सपथ ग्रहण गराउनुका साथै सफल कार्यकालको शुभकामना दिंदै विद्यालयमा अनुशासित भई उच्च नैतिक मूल्य र मान्यता स्थापना गरी अघि बढ्न र नेतृत्व विकाश गर्न उत्प्रेरणा प्रदान गर्नुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावकहरूले यस्तो प्रकारको निर्वाचनले नेतृत्व क्षमता वृद्धि गराउनुका साथै आफ्नो भूमिकामा अझ जिम्मेवार हुने बताउँदै विजेता विद्यार्थीहरुलाई सामुहिक भावबाट विद्यालयको नाम राख्ने तर्फ अगाडि बढ्न शुभकामना व्यक्त गर्नु भएको थियो । यसै गरि अभिभावकहरुले विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्नका लागि विद्यालयले गर्ने हरेक गतिविधिहरुमा आफ्नो साथ र सहयोग रहने कुरा बताउंदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा