शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो


  • आइतबार, कार्तिक १७ २०७६
20K
SHARES

१७ कात्तिक, काठमाडौं । 

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका-९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएका छन् ।

उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा