काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले शुक्रबारदेखि संचालित एसईई परीक्षामा आफ्ना १४औं ब्याचका विद्यार्थीहरू सहभागी गराएको छ । कक्षा १० को अन्त्यमा लिईने राष्ट्रिय स्तरको परीक्षामा स्कुलले २०६६ सालमा पहिलो पटक सहभागी भएदेखि २०७८ सालसम्म परीक्षामा सम्मिलित सम्पूर्ण ६५० जना विद्यार्थीहरूलाई दीक्षित गराई सकेको जनाएको छ ।

स्कुलबाट दीक्षित विद्यार्थीहरू स्वदेश तथा बिदेशमा डाक्टर, इन्जिनियर, नर्स, चार्टर्ड एकाउन्टेन्ट, गायक, मोडल, शिक्षक, व्यापारी, समाजसेवी, राजनीतिकर्मी लगायतको रुपमा कार्य गरिरहेको समेत जनाएको छ ।

यस वर्षको एसईई परीक्षा सुरु भएको परीक्षाको पहिलो दिन विद्यालयबाट सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयमा नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल, विद्यालयका शिक्षक तथा अभिभावकहरुले विद्यार्थीहरुलाई टिका लगाई शुभकामना प्रदान गर्नुभयो ।

आफ्ना अभिभावकहरूबाट आशीर्वाद तथा प्रसाद ग्रहण गर्न पाउँदा आफ्नो हौसला बढेकोमा विद्यार्थीहरू खुशी देखिन्थे विद्यालयले यस्तो अवसर जुटाई दिएकोमा अभिभावकहरूको तर्फबाट शिब प्रसाद लामिछानेले स्कुललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विद्यालयले यस वर्षको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुको पढाईलाई मध्यनजर गर्दै केहि समय अघि देखि विषयगत रुपमा विज्ञ शिक्षकहरु रमेश राज दाहाल, राजेश कट्टेल, धर्म कुमार पौडेल, नबराज ज्ञवाली, बुद्धि सागर अधिकारी, किरण कुमार श्रेष्ठ लगाएतबाट एसईई विशेष तयारी कक्षाहरु समेत संचालन गरेको थियो िसाथै विद्यालयले सम्पूर्ण विद्यार्थीहरूलाई यहि चैत्र १४ र १५ गते आफ्नो हलमा एसईई परीक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गरेको थियो ।

उक्त कार्यक्रममा संस्थापक, प्रिन्सिपल तथा विद्यालयका इन्चार्ज सरोज राज उपाध्याय र बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत इन्द्र प्रसाद दाहालले परीक्षा सम्बन्धि अभिमुखीकरण गराउनु भएको विद्यालयले जनाएको छ ।





तस्विरः नेसनल युनाइटेड स्कूल