
काठमाण्डौं ।
प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित २ जनालाई काठमाण्डौ महानगरपालिका-२७ स्थित ज्याठाबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले धादिङ सिद्धलेख गाउँपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका- १५ ठुलो भर्याङ बस्ने २३ वर्षीय शरण थापामगर र नुवाकोट सुर्यगढी गाउँपालिका-३ घर भई काठमाण्डौ नागार्जुन स्विचाटार बस्ने ४१ वर्षीय राम तामाङलाई पक्राउ गरेको हो ।
बिहीबार बा. ४२ प. ९८६४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र पाटे बाघको छाला बोकेर हिँडिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।