शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

उपाधिको प्रमुख दाबेदार मानिएको पिएसजीलाई नसोचेको झड्का, चलेन मेस्सीको जादु !


  • बुधबार, फाल्गुन ३ २०७९
7K
SHARES

एजेन्सी । युइएफए च्याम्पियन्स लिग अन्तर्गत उपाधिको होडमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) झड्का लागेको छ । प्रि–क्वाटरफाइनलको पहिलो लेगको घरेलु टोली पिएसजीलाई हार ब्यहोरेसंगै झड्का लागेको हो ।

युइएफए च्याम्पियन्स लिग अन्तर्गतको पहिलो लेगमा जर्मनी क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ । गएराति भएको खेलमा बायर्नसंग १–० ले पराजित हुन पुगको छ ।

बायर्नको जितमा पिएसजीकै पुर्व खेलाडी किङ्सले कोमानले गर्न सफल भएका हुन् । उनको गोल नै निर्णायक गोल बन्न पुग्यो ।

उनले ५३औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भएका थिए ।

यस्तै, अन्तिम समयमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो । बेन्जामिन पाभार्ड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । रातो कार्ड पाउने बेलमा पाभार्डले मेस्सीमाथि फउल गरेका थिए ।

पिएसजीले चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेका लियोनेल मेस्सी र केलियन एमबाप्पे मैदान उत्रिए पनि खेलको जाँदु चलाउन सकेनन् ।

दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुनेछ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सकेको खण्डमा बायर्न क्वाटरफाइनलमा पुग्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा