शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मन्त्री नबनेका ज्ञानेन्द्र शाहीलाई राप्रपाले दियो यस्तो महत्त्वपूर्ण जिम्मेवारी


  • बिहिबार, माघ ५ २०७९
6.6K
SHARES

फाइल तस्विर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा सांसद ज्ञानेन्द्र शाही मनोनित भएका छन्। पार्टी संसदीय दलको विधान वमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई प्रमुख सचेतकमा मनोनयन गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

राप्रपाका प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभामा विजयी भएका हुन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री हुने चर्चा थियो।

तर,पार्टी अध्यक्ष लिङदेनले अरुलाई मन्त्री बनाएर शाहीलाई संसदीय जिम्मेवारी दिएका हुन्। राप्रपाले उपप्रधानसहित तीनमन्त्री र एक राज्यमन्त्री पाएको छ

राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। उनी राप्रपाका प्रवक्तासमेत हुन्।

मलाई प्रमुख सचेतक तोकिएको पत्र प्राप्त भएको छु, शाहीले भने, ‘मैले पार्टी भित्र पनि यो जिम्मेवारी दिन आग्रह गरेको थिए।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा