शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

फेरी चम्किए बेन्जेमा, रियलले निकाल्यो शानदार जित !


  • शनिबार, पुष १६ २०७९
10.5K
SHARES

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत भएको रियल म्याड्रिड र रियल भालाडोलिडबिच खेलमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा चम्किएका छन् । गए राति भएको खेलमा बेन्जेमा चम्कदाँ रियल म्याड्रिडले शानदार जित निकालेको छ ।

फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा रियलले जित निकालेको हो । बेन्जेमाको गोलबाट नै रियल म्याड्रिडले रियल भालाडोलिडलाई २–० ले पराजित गर्यो ।

भालाडोलिडमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि रियलले सहज जित निकाल्यो ।

८२औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । जाभी सान्चेजले पेनाल्टी बक्समा ह्यान्ड गरेको भन्दै रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेपछि रेफ्रीसँगै फोर्थ अफिसियलसँग त्यसमा असन्तुष्टि जनाएपछि सर्जियो लियोन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उक्त पेनाल्टीमा बेन्जेमा गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

यस्तै, खेलको ८९औं मिनेटमा बेन्जेमाले इडुआर्डाे कामाभिंगाको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–० को सहज जित निकाले ।

यो जितसँगै रियलको १५ खेलबाट ३८ अंक पुगेको छ । पराजित भालाडोलिड १७ अंक जोडेर १५औं स्थानमा छ ।

यो पनि पढ्नुहोस्,

साउदी आए रोनाल्डो, विश्व फुटबल इतिहासमै रचे यस्तो कीर्तिमानी !

एजेन्सी । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपको क्लब म्यानचेस्टर युनाइटेड छाडेर रोनाल्डो अल नासर पुगेका हुन् ।

नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान बनेको छ ।

क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध गरेका हुन् । अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् ।

साउदी प्रो लिग च्याम्पियन अल नासरले पनि रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनाउने क्रममा रहेको बताएको छ ।

पोर्चुगलका केहि क्लबले रोनाल्डोको अवस्थाबारे जानकारी लिएपनि आर्थिक रुपमा उनको माग पूरा गर्न नसक्ने हुँदा क्लब पछि हटेका थिए । यसअघि नै रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले युरोपेली क्लबहरुलाई रोनाल्डो अनुबन्धनका लागि प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेन । अन्ततः साउदी साउदी क्लब अल नासरमा अनुबन्ध हुन पुगेका छन् ।

रोनाल्डोले च्याम्पियन्स लिग खेल्ने इच्छा देखाएपनि शीर्ष क्लबले उनलाई आफ्नो योजनामा समेट्न नसक्ने बताएका थिए । विशेषगरी चेल्सीका नयाँ मालिकले रोनाल्डोलाई मुख्य अनुबन्धनको रुपमा ल्याउन खोजेका थिए । तर तत्कालिन प्रशिक्षक थोमस टुचेलले आफ्नो योजनामा नरहने भन्दै ट्रान्सफर हुन दिएनन् ।

जर्मन क्लब बायर्न म्युनिख, बोरुसिया डर्टमुन्ड र आइन्ट्राक्ट फ्रान्कफर्टले पनि रोनाल्डो अनुबन्ध नगर्ने सार्वजनिक रुपमा बताएका थिए । रियल म्याड्रिडले दुवै पक्षका लागि रोनाल्डोको आगमन राम्रो नहुने बताएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा