शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्जेन्टिनाको जर्सीले बनायो नयाँ रेकर्ड, समर्थक बने झनै उत्साहित !


  • बुधबार, पुष १३ २०७९
17K
SHARES

फाइल तस्विर

एजेन्सी । फिफा विश्वकप २०२२ को विजेता टिम भएपछि अर्जेन्टिनाको तिनतारे जर्सीले नयाँ रेकर्ड बनाएको छ । तिन पटक विश्वकप फुटबल विजेता बनेपछि अर्जेन्टिनाको ‘तिन तारे जर्सी’ सार्वजनिक गरेको क्षणभरमै ‘सोल्ड आउट’ भएपछि नयाँ रेकर्ड बनेको हो ।

अर्जेन्टिनाको आधिकारिक जर्सी निर्माता कम्पनी एडिडासले केही दिन अघि तिन तारे नयाँ जर्सी सार्वजनिक गर्ने घोषणा गरेको थियो। कतारमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन बनेपछि अर्जेन्टिनाका लागि एडिडासले ‘तिन तारे जर्सी’ बनाएको थियो ।

घोषणा अनुरुप एडिडासले २२ डिसेम्बरमा अर्जेन्टिनाको नयाँ तीन तारे जर्सी अनलाइन बिक्रिका लागि राखेको थियो। एडिडासको अर्जेन्टिनी संस्करणको वेबसाइटमा बिक्रिमा राखिएको नयाँ जर्सी क्षणभरमै ‘सोल्ड आउट’ भएको हो।

तीन तारे जर्सीको पहिलो ब्याच अर्जेन्टिनाबाटै बिक्रि गर्ने निर्णय गरेको एडिडासले अकल्पनीय रेकर्ड कायम गर्दै त्यति छिटो जर्सी बिक्री गरेको हो।

उक्त कम्पनीले युरोपमा भने यहि २८ तारिखमा सो जर्सी सार्वजनिक गर्दैछ । त्यसपछि सर्वाधिक विक्रि हुने जर्सी हुन सक्ने आकलन गरिएको छ ।

युरोपमा बिक्रीका लागि जर्सी उत्पादन नसक्दै अर्जेन्टिनामा राखिएको जर्सी क्षणभरमै सकिएपछि एडिडास अहिले धमाधम दोस्रो ब्याच उत्पादन थालेको छ। युरोपको बिक्री सकेर अर्जेन्टिनाका लागि दोस्रो ब्याच पनि छिटै उत्पादन सकेर बिक्रिमा राखिने एडिडासले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा