एजेन्सी । फिफा विश्वकप २०२२ को फाइनल खेलपछि अनौठो हर्कत देखाएका अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजलाले आफ्नै क्लब समेत साथ छाडेको छ । उनी आवद्ध इंग्लिस प्रिमियर लिग अन्तर्गतको क्लब एस्टन भिल्लाले उनको साथ छाडेको हो ।
अर्जेन्टिनी गोलकिपर मार्टिनेजले विश्वकप फाइनलपछि ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले उनलाई बिक्री गर्ने तयारी गरेका हुन् ।
स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ ।
विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले ट्रफीसँग आपत्तिजनक सङ्केत गरेका थिए ।
फुटबल एस्पानाको रिपोर्टमा एम्रीले मार्टिनेजको सो व्यवहारलाई नरुचाएको बताइएको छ । रिपोर्टमा मार्टिनेजले विश्वकपमा गरेको प्रदर्शनका बाबजुद एम्री उनलाई सकेसम्म चाँडो विक्रि गर्न चाहेको उल्लेख छ ।
उता फाइनलपछि ३० वर्षीय गोलकिपरले बारम्बार किलियान एम्बाप्पेलाई गिज्याएको भन्दै फ्रान्सले फिफामा उनीविरुद्ध उजुरीसमेत गरेको छ ।
यो पनि हेर्नुहोस्,
सलाह चम्कँदा लिभरपुलले निकाल्यो जित
स्टार फरवार्ड मोहम्मद सलाह चम्किएसंगै इंग्लिस प्रिमियर लिगमा लिभरपुलले थप ३ अंक जोड्न सफल भएको छ । विश्वकपपछिको पहिलो खेलमा स्टार फरवार्ड सलाह चम्किएका हुन् । उनले खेलको केही मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।
यस्तै, विश्वकपमा तहल्का पिटेका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज आवद्ध रहेको क्लब एस्टन भिल्लाले लिभरपुलसंग नमिठो हार ब्यहोरेको छ ।
लिभरपुलले घरेलु टोली एस्टन भिल्लामाथि ३–१ को सहज जित हात पारेको हो ।
लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गर्न सफल भए । भिल्लाका ओली वाट्किन्सले एक गोल फर्काए ।
सोमबार नेपाली समय अनुसार राति ११ः१५ बजेबाट भएको खेलको पाँचौ मिनेटमा नै मोहम्मद सलाहले गोल गर्दै लिभरपुलका लागि १–० को अग्रता दिलाए । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए ।
३७औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई पहिलो हाफ मा २–० को अग्रता दिलाए । उनलेसलाहको पासमा गोल गर्न सफल भएका थिए ।
५९औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए ।
८१औं मिनेटमा परिवर्तित खेलाडी स्टेफन बाजसेटिकले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
यो जितसँगै लिभरपुल १५ खेलबाट २५ अंक जोडेर छैठौं स्थानमा रहन सफल भएको छ । पराजित एस्टन भिल्ला १६ खेलबाट १८ अंक जोडेर १२औं स्थानमा छ ।