शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रवि लामिछाने गृहमन्त्री भएपछि मेयर हर्क साम्पाङ बने झनै खुसी, दिए यस्तो प्रतिक्रिया !


  • सोमबार, पुष ११ २०७९
7.6K
SHARES

फाइल तस्विर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गृहमन्त्री भएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले खुसी व्यक्त गरेका छन् ।

शपथपछि रविले गृहमन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै हर्कले फेसबुकमा मार्फत पोष्ट गर्दै खुसी ब्यक्त गरेका हुन् । उनले अब केही तह लाग्छन् होला भन्दै खुसी ब्यक्त गरेका छन् ।

आफ्नो अफिसियल फेसबुक मार्फत उनले लेखेका छन्, ‘रवि लामिछाने गृहमन्त्री बन्नुभएकोमा खुसी लाग्यो है, अब केही तह लाग्छन् होला ।’

यस्तै, नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।

‘निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निर्णयका लागि फाइल तयार गर्नुहोला’ लामिछानेले भने, ’त्यसमा अहिलेसम्म के भएको छ त्यो पनि जानकारी गराउनु होला ।’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले सोमबारै शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा