शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले गरे यस्तो पहिलो निर्णय !


  • सोमबार, पुष ११ २०७९
13.2K
SHARES

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका हुन् ।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

यो पनि हेर्नुहोस्,

प्रिमियर लिगमा आज यी महत्त्वपूर्ण खेल हुँदै

कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको विश्व चर्चित लिग प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ ।

नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिग बीचमै रोकिन पुगेको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा लिगका खेलहरु रोकिएका थिए ।

६ सातापछि विश्वकै चर्चित प्रिमियर लिगका खेलहरु आजदेखि फेरि हुन लागेका हुन् ।

आज इंग्लिस प्रिमियर लिग अन्तर्गत महत्वपुर्ण ७ खेलहरु हुनेछन् । आजको पहिलो खेलमा ब्रेन्टफर्ड र टोटेनहमबीच हुनेछ । खेल साँझ सवा ६ बजे सुरु हुनेछ । यो खेल ब्रेन्डफोर्डको मैदानमा हुनेछ ।

क्रिस्टल प्यालेस र फुलहम, एभर्टन र वल्भ्स, लेस्टर सिटी र न्यूक्यासल तथा साउथह्याम्टन र ब्राइटनबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।

एस्टन भिल्ला र लिभरपुलबीचको खेल राती सवा ११ बजे भिल्लाको मैदानमा हुनेछ । त्यसपछि मध्यराती पौने २ बजे शीर्ष स्थानको आर्सनलले वेष्टहमसँग प्रतिस्पर्धा गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा