काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारबाट अन्तिम छलफलका लागि गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह अस्वीकार गरेका थिए ।
उनले अब ढिला भइसकेको भन्दै गठबन्धन भंग भएको घोषणा गरेका थिए
बिहानको बालुवाटार वार्तामा काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि प्रचण्ड बालकोट जाने भन्दै बाहिरिएका थिए । बालकोट जान भनेर हिँडेका प्रचण्ड खुमलटारस्थित निवासमा पुगेका थिए ।
उनले त्यहाँ नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङसँग छलफल गर्दै गठबन्धन टुङ्गिएको र अब एमालेसँग मिल्ने जानकारी दिएका थिए । तीनै जना नेता एमालेसँग मिल्ने पक्षमा रहेकाले उनीहरूले प्रचण्डलाई ठिक गर्नुभयो भने ।
प्रचण्डले अब बालकोट जानुपर्छ भनेर तीनै जना नेतालाई लिएर हिँड्न लाग्दा बालुवाटारबाट देउवाले प्रचण्डलाई फोन गरेका थिए ।
एक नेताका अनुसार ‘बर्बाद हुन्छ, आउनुस् आउनुस्, मिल्नुपर्छ, म मिलाउँछु भने । तर, प्रचण्ड अब ढिला भइसकेको भने आफू नआउने जानकारी गराएर बालकोटतिर लागेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।