काठमाडौँ । फिफा विश्वकप फुटबलको २२औँ संस्करणको फाइनल खेल भइरहेको छ । उपाधि भिडन्तका साविक विजेता फ्रान्स र अर्जेन्टिना मैदानमा छन् । खेल नेपाली समय अनुसार ८ः४५ बजेबाट सुरु भएको हो ।
आजको खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् । अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।
अहिले दोश्रो हाफको खेल भइरहेको छ । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लिओनल मेसीले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।
खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुन्दर गोल गरे ।
खेलको ३६ मिनेटमा एन्जेल डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर गोल अग्रता दिलाएका छन् । निकै नै रोमाञ्चक बनेको पहिलो हाफमा अर्जेन्टिनी स्टार एन्जेल डिमारिया चम्किएका छन् ।
दोश्रो हाफमा फ्रान्सका एमबाप्पे चम्किएका छन् । ब्याक टु ब्याक गोल गर्दै टिमलाई बराबरीमा ल्याएका छन् । खेलको ८० मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । भने लगत्तै ८१ मिनेटमा गोल गरेका छन् । बाकी समयमा कसले जित्ने हो त्यो भने अन्तिमसम्म हेर्नु पर्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।