शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कडा टक्करका बिच मेस्सीले उछिने एमबाप्पेलाई, देखियो शुभ संकेत !


  • बिहिबार, मंसिर २९ २०७९
6.9K
SHARES

फाइल तस्विर

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट जित्ने दौडमा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी र फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेबिच कडा टक्कर भएको छ । विश्वकप फुटबलको सेमिफाइनल खेल खेल्दासम्म दुवै खेलाडीले ५/५ गोल गरेका छन् । बराबरी गोल भएसंगै गोल्डेन बुट जित्नका लागि कडा टक्कर भएको हो ।

फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा गोल सङ्ख्यामा बराबरी भए पनि गोल्डेन बुट दौडमा लिओनल मेस्सीले उछिनेका छन् ।

यस्तै, गोल्डेन बुटका लागि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ ।

यद्यपि, गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५–५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् ।

फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट सङ्ख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ ।

मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । भने अस्ट्रेलियाविरुद्ध एक गोल गरेका थिए । मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् ।

यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । उनले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । जसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेस्सी नै गोल्डेन बलको दाबेदार रहेका छन् ।

अर्जेन्टिनाका मेस्सी सर्वाधिक असिस्टको सूचिमा पनि ग्रिजमनसँग बराबरीमा छन् । मेस्सी र ग्रिजमनसँगै पोर्चुगलका ब्रुनो फर्नान्डेस र इंग्ल्यान्डका ह्यारी केनले ३–३ असिस्ट दिएका छन् । केन र ब्रुनो प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा