शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सनसनीपूर्ण जित निकाल्दै फ्रान्स पुग्यो फाइनलमा, मोरक्को बाहिरियो !


  • बिहिबार, मंसिर २९ २०७९
6.7K
SHARES

एजेन्सी । मोरक्कोमाथि सनसनीपूर्ण जित निकाल्दै साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइलन खेलमा मोरक्कोलाई २–० गोलले हराउदै फ्रान्स फाइनल प्रवेश गरेको हो ।

फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्स उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १–१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीले अर्को गोल थपे । फ्रान्सले अब फाइनलमा अर्जेन्टिनासँग भिडन्त पक्का गरेको छ ।

खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे ।

दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे । किलीयन एमबाप्पेको शानदार असिस्टबाट उनले गोल गरेका हुन् । ।

फ्रान्सले अब उपाधिका लागि अर्जेन्टिनाको सामना गर्नेछ । फाइनल खेल आइतबार राति हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा