शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

दीपकराज गिरी भन्छन्, ‘अर्जेन्टिना घर पक्का जान्छ तर…’


  • मंगलबार, मंसिर २७ २०७९
10.9K
SHARES

फाइल तस्विर

एजेन्सी । चर्चित हास्यकलाकार तथा फिल्म निर्माता दीपकराज गिरीले विश्वकप फुटबलको ट्रफी जित्ने देशको बारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत विश्वकप फुटबलको ट्रफी अर्जेन्टिनाले जित्ने दावी गरेका हुन् ।

उसो त समयसामयिक विषयमा आफ्नो धारणा दिँदै चर्चामा आउने दीपकराज गिरीले विश्वकप बारे दिएको यस्तो प्रतिक्रियामा धेरैको समर्थन पाइरहेका छन् । उनले आफ्नो अफिसियल फेसबुक पोष्ट गर्दै अर्जेन्टिनाकाे ट्रफी पक्का भनेका छन् ।

उनले भनेका छन्, ‘अर्जेन्टिना घर जान्छ पक्का तर, विश्वकप लिएर !’

उनले लेखेको उक्त स्टाटसलाई अहिलेसम्म ३४ सयभन्दा बढिले कमेण्ट गरेका छन् । भने १५ हजार बढिले लाईक गरिसकेका छन् ।

यस्तै, आज कतारमा जारी फिफा विश्वकप २०२२ मा पहिलो सेमिफाइनल खेल हुँदैछ । दोहाको लुसेल रंगशालामा १२ः४५ बजे साबिक उपबिजेता क्रोएसिया र अर्जेन्टिना फाइनल प्रबेशका लागि भिड्दै छन् ।

दुबै टोली अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ ।

अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रदैछ भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । क्वाटरफाइनलमा क्रोसियाले ब्राजिललाई हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्डलाई हराएको थियो ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा