एजेन्सी । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले चाहेको कुरालाई फुटबल जगतको सर्वोच्च निकाय फिफाले साही खालको निर्णयलाई अगाडी सारेको छ । यस कुराले अर्जेन्टिना समर्थकमा खुसी थपिएको छ । जसले अर्जेन्टिनाले आज खेल्ने खेलमा सहज महसुस गर्ने छ ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा कार्ड बर्षा गराएका रेफ्री माटेउ लाहोजमाथि मेस्सीले विश्वकपको आगामी खेल खेलाउदा फिफाले सोचेर निर्णय गर्नु पर्ने भन्दै फिफामाथि अपिल गरेक थिए । मेस्सीको यस्तो अपिलसंगै फिफाले कार्ड बर्षा गराएका रेफ्रीमाथि एक्सन लिएको छ । फिफाको यस्तो निर्णयले अर्जेन्टिनाका समर्थकले खुसी महसुस गरेका छन् ।
क्वार्टरफाइनल चरणमा अर्जेन्टिना र नेदरल्यान्ड्सको चर्चित खेल खेलाउने रेफ्री लाहोजलाई फिफाले घर फर्काएको हो ।
स्पेनिस रेफ्री लाहोजले कार्डको वर्षा गरेपछि उनको आलोचना भएको थियो । फिफाले अब उनलाई विश्वकपका बाँकी खेलमा थप जिम्मेवारी नदिने भन्दै उनलाई घर फर्काएको हो । विश्वकपमा अब मात्रै ४ खेल बाँकी छन् ।
लाहोज स्पेन फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अर्जेन्टिना र नेदरल्यान्ड्सको तनावपूर्ण खेल दौरान उनले कार्डको वर्षा गरेका थिए । उनको धेरै आलोचना भएको थियो । क्वाटरफाइनलको उक्त खेलमा खेलाडी र प्रशिक्षक गरी जम्मा १७ वटा पहेंलो कार्ड देखाएका थिए ।
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले खेलपछि भनेका थिए, ‘मलाई लाग्छ, फिफाले रेफ्री लाहोज बारे सोच्नुपर्छ । विश्वकप जस्तो प्रतियोगिताको महत्त्वपूर्ण खेलमा यस्तो किसिमको रेफ्री राम्रो थिएन । जसले धेरै खराब निर्णय दियो । मलाई आशा छ, फिफाले यसबारे आवश्यक कारबाही गर्नेछ । हामी यस्तो खेलमा त्यस्तो रेफ्रीको अपेक्षा गर्न सक्दैनौं ।’
नेदरल्याण्ड्ससंगको खेलमा अर्जेन्टिनामा प्रशिक्षक लियोनल स्कालोनीले पनि पहेंलो कार्ड पाएका थिए । अर्जेन्टिनाका ८ खेलाडीले पहेंलो कार्ड पाएका थिए ।
यस्तै, नेदरल्यानड्सका ८ जनाले पहेंलो र एक रातो कार्ड पाएका थिए ।
जम्मा १७ वटा पहेंलो कार्ड झरेको सो खेललाई विश्वकपको इतिहासकै सबैभन्दा विवादित खेल मानिएको छ । यसअघि विश्वकपका कुनै पनि खेलमा १७ वटा कार्ड देखाइको थिएन ।
अर्जेन्टिना र नेदरल्याण्ड्सको क्वाटरफाइनल चरणको खेलमा निर्धातरित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थिया । अर्जेन्टिनाले ४–३ को जित निकालेको थियो ।