शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हारलाई शक्तिमा बदल्दै रोनाल्डोले दिएको यस्तो प्रतिक्रियाले चौतर्फी चुलियो चर्चा, समर्थक बने खुसीले गदगद !


  • सोमबार, मंसिर २६ २०७९
10.6K
SHARES

एजेन्सी । मोकक्कोसंग हार बेहोर्दै विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले आफ्नो प्रतिक्रिया दिएका छन् । हारलाई शक्तिमा बदल्दै देश र समर्थकलाई इंकित गर्दै प्रतिक्रिया दिएका हुन् ।

रोनाल्डोले सामाजिक सञ्जालमार्फत पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करिअरको सबैभन्दा ठुलो र महत्वाकांक्षी सपना भए पनि असफल भएको बताएका छन् ।

‘मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठुलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा सङ्घर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिन ।’ उनले भने, ‘तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।’

उनले अगाडि थपेका छन्, ‘मेरो बारे धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ । तर पोर्चुगलप्रतिको मेरो समर्पण एक क्षणका लागि पनि परिवर्तन भएको छैन ।’

‘म यसको लागि लडेँ । मैले यो सपनाको लागि कडा सङ्घर्ष गरे । मैले १६ वर्ष भन्दा बढी सधैँ महान् खेलाडीहरूको साथ र लाखौँ पोर्चुगिजहरूको समर्थनमा राष्ट्रिय टोलीबाट खेले । विश्वकपको पाँचै संस्करण खेल्दै गोल पनि गर्न सफल भए । विश्वकप जित्ने त्यो सपनालाई कहिल्यै छोडिन । दुःखको कुरा हाम्रो यात्रा सकिएको छ । म सधैँ सबैको उद्देश्यका लागि लडिरहेको थिएँ र म मेरा सहकर्मी र मेरो देशबाट कहिल्यै पछाडि फर्कने छैन । अहिलेको लागि धेरै भन्नु छैन । धन्यवाद पोर्चुगल ।’ उनले लेखेका छन् ।

रोनाल्डो पोर्चुगलबाट सर्वाधिक खेल खेल्ने खेलाडी र सर्वाधिक गोलकर्ता समेत हुन् । उनले राष्ट्रिय टोलीबाट १९६ खेलमा ११९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

मोरक्कोविरुद्ध मैदान उत्रिएपछि उनले राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने कुवेतकाबदर अल्मोटावासँगको कीर्तिमानलाई बराबरी गरेका छन् । यो विश्वकप फुटबलमा रोनाल्डोले एक गोल मात्रै सफल भए । उनले पाँच पटक विश्वकप खेल्दा ८ गोल गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा