शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पहिलो हाफमै फ्रान्सले लियो अग्रता, इंग्ल्याण्डको बढ्यो प्रेसर !


  • आइतबार, मंसिर २५ २०७९
6.9K
SHARES

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले अन्तिम क्वाटरफाइनलको खेल भइरहेको छ । सेमिफाइनलको यात्रा तय गर्न फ्रान्स र इंग्ल्याण्ड मैदानमा छन् । खेल नेपाली समय अनुसा १२ः४५ बजेबाट सुरु भएको हो ।

अहिले फ्रान्स र इंग्ल्याण्डबिचको खेलको पहिला हाफ सकिएको छ । पाहिलो हाफमै फ्रान्सले १ गोलको अग्रता लिएको छ । १ गोलले पछि परेको इंग्ल्याण्डलाई जित निकाल्न दबाब थपिएको छ ।

खेलको १७औँ मिनेटमा ओरेलियन चुवामेनीले फ्रान्सका लागि अग्रता दिलाएका हुन् । खेल निकै नै रोचक बनिरहेको छ । खेलमा फर्कनका लागि इंग्ल्यान्ड बाकी दोश्रो हाफमा प्रयास गर्नेछ । कसले सेमिफाइनको यात्रा तय गर्छ, त्यो भने हेर्न बाकी छ ।

फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहेको छ । गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल सहयोगमा पोल्याण्डलाई ३–१ ले हराएर उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।
विश्वकप फुटबलमा उच्च लयमा रहेका एमबाप्पेले यस विश्वकपमा ५ गोल गरिसकेका छन् ।

विश्वकपमा यि दुई टोली दुई पटक भेट भएको छ । १९६६ मा इंग्ल्यान्डले समुह चरणमा २–० ले तथा १९८२ मा पनि समूह चरणमा ३–१ को जित निकालेको थियो ।

यी टोली अहिलेसम्म भने ३१ पटक खेलेका छन् । इंग्ल्यान्ड १७ खेलमा विजयी भएको छ । ५ खेल बराबरीमा सकिदा ९ खेल फ्रान्सले जितेको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २०१७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा फ्रान्स ३–२ ले विजयी भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा