शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अबको केही बेरमै अर्को ठुलो खेल हुँदै, एमबाप्पेले खिचे सिंगो फुटबल जगतको ध्यान !


  • शनिबार, मंसिर २४ २०७९
6.8K
SHARES

फाइल तस्विर

एजेन्सी । अबको केही बेरमै अर्को महत्वपुर्ण खेल हुँदैछ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स र इंग्ल्याण्डबिचको खेल हुँदैछ । नेपाली समय अनुसार राति १२ः४५ बजेबाट क्वाटरफाइनल खेलमा यी दुई टिम भिड्दैछन् ।

फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । गोल्डेन बुटको दौडमा सबैभन्दा अघि रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल सहयोगमा पोल्याण्डलाई ३–१ ले हराएर उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।
विश्वकप फुटबलमा उच्च लयमा रहेका एमबाप्पेले यस विश्वकपमा ५ गोल गरिसकेका छन् ।

इंग्ल्याण्डले अन्तिम आठमा पुग्दा सेनेगललाई ३–० ले पराजित गरेको थियो । युवा प्रतिभा जुड बेलिङघमले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । यसबाहेक टोलीसँग ह्यारी केन, बुकायो साका र मार्कस रासफर्ड पनि टोलीमा छन् ।

सन् १९५४, १९६२, १९७०, १९८६, २००२ र २००६ मा क्वाटरफाइनलबाट बाहिरिएको इङ्ल्यान्डका लागि यो चरणबाट बाहिरिनु सामान्य जस्तै बन्दा यसपटक त्यो चरण पार गर्ने लक्ष्यमा हुनेछ इंग्ल्यान्ड पछिल्ला आठमध्ये ६ पटक क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

इंग्ल्यान्ड पछिल्लो तीन खेलमा एक गोल पनि नखाएको स्थितिमा छ । प्रशिक्षक ग्यारेथ साउथगेट टोलीलाई सेमिफाइनलमा पु¥याउने प्रशिक्षक बन्न सक्छन् । तर यसका लागि इंग्ल्यान्डको फ्रान्सको बलियो चुनौती पन्छाउनु पर्नेछ । कप्तान ह्यारी केनले ५२औं अन्तर्राष्ट्रिय गोल गर्दै इङ्ल्यान्डको कीर्तिमान नजिक पुगेको छ ।

विश्वकपमा यि दुई टोली दुई पटक भेट भएको छ । १९६६ मा इंग्ल्यान्डले समुह चरणमा २–० ले तथा १९८२ मा पनि समूह चरणमा ३–१ को जित निकालेको थियो ।

यी टोली अहिलेसम्म ३१ पटक खेलेका छन् । इंग्ल्यान्ड १७ खेलमा विजयी भएको छ । ५ खेल बराबरीमा सकिदा ९ खेल फ्रान्सले जितेको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २०१७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा फ्रान्स ३–२ ले विजयी भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा