शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

रुँदै बाहिरिए रोनाल्डो, भयो विश्वकप जित्ने सपनाको अन्त्य !


  • शनिबार, मंसिर २४ २०७९
6.4K
SHARES

एजेन्सी । फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सपना समाप्त भएको छ । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलको खेलमा मोरक्कोसँग १–० गोलको हार ब्यहोरेसंगै रोनाल्डोको सपना चकनाचुर भएको हो ।

क्लब फुटबल र युरोपियन प्रतियोगिता जितेका रोनाल्डोको अन्तिम लक्ष्य विश्वकपको उपाधि उचाल्नु थियो । त्यसैले उनले यो विश्वकपलाई आफ्नो अन्तिम विश्वकप र उपाधि जित्नका लागि अन्तिम अवसर भएको भन्दै आएका थिए ।

उमेरले ३७ वर्ष पुगेका रोनाल्डोले उमेरका कारणले पनि अन्तिम विश्वकप भएको बताउदै आएका थिए । पछिल्लो समय खेल खस्किएकै कारण रोनाल्डोलाई पोर्चुगलले अन्तिम १६ र क्वार्टरफाइनलको खेलमा बेन्चमा राखेको थियो।

शनिबार मोरक्कोविरुद्ध उनी दोस्रो हाफमा मैदान छिरेका थिए । मैदान छिरेको १८ मिनेटसम्ममा उनले सात पटक मात्र बल छोएका थिए।

शनिबार मोरक्कोसँग पराजित भएपछि रोनाल्डोको आँखामा आँसु रोकिएन । मैदानबाट बाहिरिदै गर्दा उनी रोएका थिए।

यो पनि हेर्नुहोस्,

मोरक्को पुग्यो सेमिफाइनल, बाहिरियो पोर्चुगल !

एजेन्सी । कतारमा जारी फिफा विश्वकप कतार अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगलविरुद्ध नाटकिय जित निकाल्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा १–० को जित दर्ता गर्दै मोरक्को सेमिफाइन प्रवेश गरेको छ । यो जितसंगै मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

खेलको ४२ औं युसुफ एन नेसरीले नाटकिय रुपमा हेडबाट गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए ।

लगत्तै अर्कोतर्फ पोर्चुगल बराबरी गोलनजिक पुगेको थियो । तर क्रसबार त्यसको अघि बाधक बन्यो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

८३ औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काएपनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे । इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए ।
यस जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

चौथो क्वाटरफाइनल आज मध्यरात १२ः४५ बजे हुनेछ । अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा