शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विश्वकपमा आज दुई महत्त्वपूर्ण खेल हुँदै, उत्रँदै छन् रोनाल्डो र एमबाप्पे मैदानमा !


  • शनिबार, मंसिर २४ २०७९
9K
SHARES

फाइल तस्विर

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुई महत्वपुर्ण खेल हुने भएको छ । क्वाटरफाइनल अन्तर्गतको दुई खेल आज हुन लागेको हो ।

आज हुने दुई खेल मध्यको पहिलो क्वाटरफाइनलको खेल मोरक्को र पोर्चुगलविच हुने छ । जुन नेपाली समय अनुसार ८ः४५ बजेबाट हुँदैछ ।

दोश्रो खेलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबिच हुँदै छ । उक्त खेल नेपाली समय अनुसार १२ः४५ बजेबाट हुँदैछ ।

अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो । यता पोर्चुगल भने युरोपेली टोली स्विटजरल्यान्डविरुद्ध गोलको वर्षा गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो । जसको भिडन्त आज पौने ९ बाट हुँदैछ ।

मोरक्को र पोर्चुगलले यसअघि विश्वकपमा दुई पटक सामना गरेका थिए । सन् १९८६ मा मोरक्कोले ३–१ को जित दर्ता गरेको थियो । त्यस्तै सन् २०१८ मा भने क्रिस्टियानो रोनाल्डोको हेडर गोलमा पोर्चुगल १–० ले विजयी भएको थियो । आजको खेलमा रोनाल्डोले सुरुवातमा खेल्ने अथवा नखेल्ने बारे औपचारिक जानकारी गराइएको छैन ।

मोरक्कोले यसपटक रक्षात्मक रुपमा निकै राम्रो प्रदर्शन गरेको छ । हालसम्म युरोपेली राष्ट्रविरुद्ध तीन खेल खेल्दा कुनैमा गोल खाएको छैन ।

यस्तै, आज हुने अर्को खेलमा साविक विजेता फ्रान्सले आज राति क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्दैछ ।

फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । गोल्डेन बुटको दौडमा अग्र स्थानमा रहेका उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

इंग्ल्याण्डले अन्तिम आठमा पुग्दा सेनेगललाई ३–० ले पराजित गरेको थियो । युवा प्रतिभा जुड बेलिङघमले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । यसबाहेक टोलीसँग ह्यारी केन, बुकायो साका र मार्कस रासफर्ड पनि टोलीमा छन् ।

विश्वकपमा यि दुई टोली दुई पटक भेट भएको छ । १९६६ मा इंग्ल्यान्डले समुह चरणमा २–० ले तथा १९८२ मा पनि समूह चरणमा ३–१ को जित निकालेको थियो । इंग्ल्यान्ड केवल त्यही नतिजा दोहो¥याउँदै विश्व च्याम्पियन स्तब्ध पार्न चहान्छ ।

यि दुई टोली हालसम्म ३१ पटक खेलेका छन् । इंग्ल्यान्ड १७ खेलमा विजयी भएको छ । ५ खेल बराबरीमा सकिदा ९ खेल फ्रान्सले जितेको छ । यि दुई टोलीले पछिल्लोपटक सन् २०१७ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दा फ्रान्स ३–२ ले विजयी भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा